Sign In

1 person bookmarked this place
Movie Name in Nepali: नाङ्गो गाउँ
Cast:

Dayahang Rai, Shishir Bangdel, Karma, Miruna Magar, Samragyi RL Shah, Buddhi Tamang, Rabindra Jha

Director: Dipendra Lama
Release Date: September 15, 2023
Duration: 2 hours 20 mins

Plot :

Nango Gaun (Nango Gau) (नाङ्गो गाउँ)  is a social drama movie based on local political issues of Nepal. When an honest teacher, Pasang, makes an effort to improve the government school in his village, a situation arises where he has to face the election of the village.

The village chairman Jari challenges him to win the election and show it. Pasang sees the possibility of winning based on the votes of his students, parents, and villagers.

He concludes that corruption will be eradicated from the village if Jari is defeated. His wife Nima and his close friends also encourage him to stand for election. He resigns as a school teacher and becomes a candidate for election. And he starts his election campaigning. However, he does not find village politics as clean and easy as he thought. His assumption that he will easily win the election proves to be wrong.

Video

Reviews (19)

3.6 out of 5.0
Rating 3.6
  • Yubraj budha
    February 14, 2024 at 1:38 pm

    कथा राम्रो छ ।

    Helpful Review 1
  • Arjun tamang
    December 25, 2023 at 9:38 pm

    I want to see this movie

    Helpful Review 2
  • Sumitra Gurung
    October 4, 2023 at 10:46 pm

    देशमा ब्याप्त बेथितिको कारण के नेताहरु मात्रै हुन त? नेता मात्रै सचिएर देश बन्छ त?

    “जब सम्म नागरिक वा मतदता वेबेकशील हुदैन तब सम्म त्यो समाजको रुपान्तरण हुन सक्दैन ´´यो फिलिम हेर्दा मलाई उज्ज्वल दाइले भन्नू भएको यो कुरा याद आयो। ।

    सबै नागरिक र नेतृत्वलाई सोच्न बाध्य बनाउने यति राम्रो सन्देश बोकेको चलचित्र बनाउनु भएकोमा चलचित्र लेखक तथा निर्देशक Dipendra Lama जि लगायत सम्पुर्ण टिमलाइ बधाई र चलचित्र सफलताको लागि शुभकामना ।

    सम्पुर्णलाई यो फिल्म हेर्नुस् भन्न चहान्छु , विशेष गरि राजनीतिमा सकृय वा चासो राख्ने साथीहरूका सबैका लागि सिफारिश गर्न चहान्छु । #nangogaun

    Helpful Review
  • Devendra Ghimire
    September 21, 2023 at 4:40 am

    फिल्म भन्दा ट्रेलर राम्रो लाग्यो ! हिजो मात्र हेरेको कथा चाहिँ राम्रो , दयाहाङ र मिरुनाको अभिनय राम्रो छ , अरुको राम्रो लागेन ! दोश्रो सिक्वेल आउने भएर होला फिल्मको अन्त्य चाहिँ झुर छ ! मध्यान्तर अगाडि फिल्म एकदम स्लो छ , पछाडी अल्लि लय समातेको जस्तो लाग्छ ! जे अपेक्षा गरेर हेर्न गएको थिए त्यो छैन !

    Helpful Review 1
  • Prashanna Mali
    September 20, 2023 at 6:48 pm

    Nango Gaun has progressive themes and an idealistic protagonist but loose screenplay and over emphasis on plot than characters keeps the film from truly hitting home emotionally. Hear my full observation:
    https://www.youtube.com/watch?v=eNlwZjojgQQ

    Helpful Review
  • Sakuntala Joshi
    September 20, 2023 at 5:23 pm

    यतिबेला नेपाली सिनेमा हलहरुमा दिपेन्द्र लामाको सिनेमा ‘नांगो गाउँ’ भिडभाडका साथ प्रदर्शन भइरहेको छ । दयाहाङ राइ, मिरुना मगर हररुको अब्बल अभियनले सिनेमा हेरिन्जेल के दिन्छ त ?
    सिनेमाबारे सम्झना :
    भनिन्छ, कुनै समाजको समृद्धिको मापन जनताको अनुहारको खुसीको मात्राले पनि निर्धारण गर्छ । उसो भए ठिक यतिबेला एउटा राष्टिय सर्वेक्षण गर्यो भने तपाई कति जना वास्तवमै खुसी भेटिनु हुन्छ होला ? कति जनाले भन्न सक्नु होला कि म मेरो देश र यहाँको शासकीय प्रणालीसँग खुसी छु, यसले मेरो र मेरो समाजको हितमा काम गरिरहेको छ ? जब कि मुला र इस्कुसको बजार मुल्य एक सय पचास रुपैयाँ छ । जब कि एक किलो सागको मुल्य २०० रुपैयाँ छ, त्यो पनि विषादीले रंगिएको । ।
    000
    सिंहदरबारले समृद्धिको महागाथा लेख्दै गर्दा निमोनिया ग्रस्त नानीको उपचार गर्न नसक्दा आत्महत्या गर्ने बाबुहरुको सङ्ख्या कतै नलेख्दैमा, सुत्केरी बेथा लाग्दा समयमा उपचार नपाउँदा मर्ने आमाहरुको चित्कार कतै नदेख्दैमा ती सबै जनता खुसी छन् भनेर ह्याप्पिनेशको क्यालेन्डर बेच्न पाइदैन ।
    हाम्रो राज्यको शासकीय संरचना नै खलबल हुने गरी, जनताले सँधै शीर झुकाएर हिड्नु पर्ने गरी, जनताले नै ल्याएको यो लोकतान्तृक वाध्यता कसरी जन्मियो ? कहाँ कुन तहबाट कसरी झेलिहरु पसे ? यसको लेखाजोखा नराखी भाग्यलाई दोष दिने जनताको रेकर्डले के ह्याप्पिनेश को ग्रीन इन्डिकेटर बाल्ला त महोदय ? अहँ मलाई त लागेन लु ।
    ०००
    यही जिज्ञासाको जवाफ खोजेको छ दिपेन्द्र लामाको सिनेमा नागो गाउँले । इमान्दार मानिसहरुलाई चाटुककारहरुले कसरी नांगो बनाउँछन् ? वर्षौंदेखि जनताको छालामा डम्फू बजाउन माहिर छोटे राजाहरुको दबदबामा कसरी टिक्छन् ? जनताले के त्यस्ता छेपाराहरुलाई चिनेको छैन त ? छ, तर उनीहरु पनि ससाना स्वार्थमा लिप्त छन् । हिजो आफूमाथि गरेको बेइमानी बिर्सि हाल्छन् । ५०० रुपैयाँ र एक छाक मासुभातमा फेरि आफ्नो स्वाभिमान बेच्छन् ।
    सिनेमाले स्थानीय तहको राजनीति, ठेकेदार तस्करहरुको र जनताकै पनि यहि बिकाउ विम्ब बडो गज्जबले उतारिएको छ । तिनीहरुले जनताको दोहोलो काढेको सत्यलाई बडो आकर्षक किसिमले बुनेको छ ।

    जरी लामा जस्ता पात्र असंख्य छन् । उसो त जनताको निम्ती मरिहत्ते गर्ने पासां सरहरु बाक्लै संख्यामा छन् । बाटो बनाउने शिर्षकको बजेटको ठूलो हिस्सा आफ्नो भागमा पारेर बाटोलाई धराप बनाउने जरी लामाहरुलाई तह लगाउने पासां सर र उनलाई साथ दिने थोरै सज्जनहरुलाई जनताले के दिन्छन ? अन्तः त कसरी बन्छ नांगो गाउँ ? को को नांगिएलान् ? जरी लामा ? पासां सर ? गाउँले ? वा कथाको खास्टोभित्र मुख लुकाउने अरु कोही ? यो रहस्य थाहा पाउन तपाई हलसम्म पुग्नै पर्छ । यो सिनेमा हेरेपछि तपाई मात्रै मनोरञ्जनको रिफ्रेसमेन्ट बोकेर आउनुहुन्न, तपाईमाथि शासन गर्ने पात्रहरुलाई हेर्ने अलिकति फरक दृष्टि पनि बोकेर आउन सक्नुहुन्छ । आफ्नै ठाउँको जरी लामाहरु र तिनका कर्मबारे घोत्लिन थाल्नु हुने छ । जे होस्, मलाई त राम्रै प्रभाव यो सिनेमाले दियो ।

    Helpful Review
  • Sujan Pun
    September 19, 2023 at 10:26 pm

    नाङ्गो गाउँले हैन दया ह्याङ्ले कमाको हो

    Helpful Review
  • Om Bahadur Rana
    September 19, 2023 at 10:24 pm

    झुर कथा, पटकथा र क्लाइमेक्स ! अभिनय मा समेत कुनै नयाँपन छैन ।

    Helpful Review
  • Narbu Lama
    September 19, 2023 at 9:32 am

    जहिले पनि दयाकाे एउटेै याकटिङ देखेर अब चहि नहेरु जस्तो लाग्यो हाे

    Helpful Review
  • Aakriti Ghimirr
    September 19, 2023 at 9:27 am

    पैसा मा बिक्ने भोटहरुलाई सचेत दिलाउने चलचित्र हो।अति राम्रो छ😘

    Helpful Review 1

Add Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Rating
Please rate Rating

Verified Listing
1 person bookmarked this listing