Nepalish is a prominent directory of local business, destinations, emergency services of Nepal & provides crowd-source review about local business & places.
यतिबेला नेपाली सिनेमा हलहरुमा दिपेन्द्र लामाको सिनेमा 'नांगो गाउँ' भिडभाडका साथ प्रदर्शन भइरहेको छ । दयाहाङ राइ, मिरुना मगर हररुको अब्बल अभियनले सिनेमा हेरिन्जेल के दिन्छ त ?
सिनेमाबारे सम्झना :
भनिन्छ, कुनै समाजको समृद्धिको मापन जनताको अनुहारको खुसीको मात्राले पनि निर्धारण गर्छ । उसो भए ठिक यतिबेला एउटा राष्टिय सर्वेक्षण गर्यो भने तपाई कति जना वास्तवमै खुसी भेटिनु हुन्छ होला ? कति जनाले भन्न सक्नु होला कि म मेरो देश र यहाँको शासकीय प्रणालीसँग खुसी छु, यसले मेरो र मेरो समाजको हितमा काम गरिरहेको छ ? जब कि मुला र इस्कुसको बजार मुल्य एक सय पचास रुपैयाँ छ । जब कि एक किलो सागको मुल्य २०० रुपैयाँ छ, त्यो पनि विषादीले रंगिएको । ।
000
सिंहदरबारले समृद्धिको महागाथा लेख्दै गर्दा निमोनिया ग्रस्त नानीको उपचार गर्न नसक्दा आत्महत्या गर्ने बाबुहरुको सङ्ख्या कतै नलेख्दैमा, सुत्केरी बेथा लाग्दा समयमा उपचार नपाउँदा मर्ने आमाहरुको चित्कार कतै नदेख्दैमा ती सबै जनता खुसी छन् भनेर ह्याप्पिनेशको क्यालेन्डर बेच्न पाइदैन ।
हाम्रो राज्यको शासकीय संरचना नै खलबल हुने गरी, जनताले सँधै शीर झुकाएर हिड्नु पर्ने गरी, जनताले नै ल्याएको यो लोकतान्तृक वाध्यता कसरी जन्मियो ? कहाँ कुन तहबाट कसरी झेलिहरु पसे ? यसको लेखाजोखा नराखी भाग्यलाई दोष दिने जनताको रेकर्डले के ह्याप्पिनेश को ग्रीन इन्डिकेटर बाल्ला त महोदय ? अहँ मलाई त लागेन लु ।
०००
यही जिज्ञासाको जवाफ खोजेको छ दिपेन्द्र लामाको सिनेमा नागो गाउँले । इमान्दार मानिसहरुलाई चाटुककारहरुले कसरी नांगो बनाउँछन् ? वर्षौंदेखि जनताको छालामा डम्फू बजाउन माहिर छोटे राजाहरुको दबदबामा कसरी टिक्छन् ? जनताले के त्यस्ता छेपाराहरुलाई चिनेको छैन त ? छ, तर उनीहरु पनि ससाना स्वार्थमा लिप्त छन् । हिजो आफूमाथि गरेको बेइमानी बिर्सि हाल्छन् । ५०० रुपैयाँ र एक छाक मासुभातमा फेरि आफ्नो स्वाभिमान बेच्छन् ।
सिनेमाले स्थानीय तहको राजनीति, ठेकेदार तस्करहरुको र जनताकै पनि यहि बिकाउ विम्ब बडो गज्जबले उतारिएको छ । तिनीहरुले जनताको दोहोलो काढेको सत्यलाई बडो आकर्षक किसिमले बुनेको छ ।
जरी लामा जस्ता पात्र असंख्य छन् । उसो त जनताको निम्ती मरिहत्ते गर्ने पासां सरहरु बाक्लै संख्यामा छन् । बाटो बनाउने शिर्षकको बजेटको ठूलो हिस्सा आफ्नो भागमा पारेर बाटोलाई धराप बनाउने जरी लामाहरुलाई तह लगाउने पासां सर र उनलाई साथ दिने थोरै सज्जनहरुलाई जनताले के दिन्छन ? अन्तः त कसरी बन्छ नांगो गाउँ ? को को नांगिएलान् ? जरी लामा ? पासां सर ? गाउँले ? वा कथाको खास्टोभित्र मुख लुकाउने अरु कोही ? यो रहस्य थाहा पाउन तपाई हलसम्म पुग्नै पर्छ । यो सिनेमा हेरेपछि तपाई मात्रै मनोरञ्जनको रिफ्रेसमेन्ट बोकेर आउनुहुन्न, तपाईमाथि शासन गर्ने पात्रहरुलाई हेर्ने अलिकति फरक दृष्टि पनि बोकेर आउन सक्नुहुन्छ । आफ्नै ठाउँको जरी लामाहरु र तिनका कर्मबारे घोत्लिन थाल्नु हुने छ । जे होस्, मलाई त राम्रै प्रभाव यो सिनेमाले दियो ।

नाङ्गो गाउँले हैन दया ह्याङ्ले कमाको हो
झुर कथा, पटकथा र क्लाइमेक्स ! अभिनय मा समेत कुनै नयाँपन छैन ।
जहिले पनि दयाकाे एउटेै याकटिङ देखेर अब चहि नहेरु जस्तो लाग्यो हाे
पैसा मा बिक्ने भोटहरुलाई सचेत दिलाउने चलचित्र हो।अति राम्रो छ😘